कक्षा १२ सम्मको शिक्षा निःशुल्कको निर्णय

ganesh school new building

ganesh school new building

सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिकाले कक्षा १२ सम्मको शिक्षा निः शुल्क गरेको छ । नगरपालिकाको ११ औैं नगरसभाले पारित गरेको सो प्रस्ताव कार्यान्वयन भएसँगै कक्षा १२ सम्मको शिक्षा निःशुल्क बनेको हो ।

नगर प्रमुख बालकृष्ण बस्नेतले संघीय सरकारले संविधानको व्यवस्था लागू गर्न नसक्दा सो क्षेत्रका विद्यार्थी कक्षा ११ र १२ पढ्न बञ्चित भएपछि कक्षा १० उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ पनि पढ्न सहयोग पुर्याउन सो निर्णय गरिएको जनाए । त्यसका लागि नगरपालिकाले आन्तरिक स्रोतको उपयोग गरेको छ ।

‘नेपालको संविधानले समेत कक्षा १२ सम्मको शिक्षा निःशुल्क भनेको छ, त्यसैलाई व्यवहारमा लागू गरेका हौं’, नगर प्रमुख बस्नेतले भने ।

‘कक्षा १२ सम्म निः शुल्क गर्नका लागि हामीले चालू आर्थिक वर्षको बजेटमा २ क

रोड ६० लाख रुपैयाँ छुट्याएका छौं’, उनले भने, ‘सो बजेटको स्रोतको रुपमा नगरपालिकामा सञ्चालनमा रहेका उद्योग, आयोजनाहरुलाई बनाएका छौं ।’

नगरबाट निकासी हुने गिट्टी बालुवा करबाट वार्षिक रुपमा १ करोड ६ लाख, मध्यकोशी जलविद्युत आयोजनाबाट वार्षिक १० लाख, सानिमा हाइड्रो पावरबाट १० लाख र अन्य स्रोतबाट पनि राजस्व संकलन हुने बताउँदै सोही स्रोतलाई शिक्षामा लगानी गरिएको उनले बताए ।

शिक्षा शाखा प्रमुख कल्पना घिमिरेले नगरपालिकाभर ५ वटा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ सम्मको पठनपाठन भइरहेको जानकारी दिँदै स्थानीय तहको निर्वाचन पछि आएका जनप्रतिनिधिले सो प्रस्ताव पारित गरेको बता

इन् । उनले वार्षिक रुपमा करिब १ करोड रुपैयाँ माथि लागत बढ्ने अनुमान गरिन् ।

नगरपालिकाको सो कार्यक्रम लागू भएपछि स्थानीय विद्यार्थीलाई फाइदा पुगेको शारदा माविका प्रधानाध्यापक तोयानाथ नेपालले बताए । उनले पैसा नभएका कारण कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई पनि त्यसले सघाएको बताए ।

उनले भने, ‘हामीकहाँ साविक एसएलसी पास हालको कक्षा १० पढेपछि पुगिहाल्यो नि किन पढ्नुपर्यो र ?, पढ्नका लागि पैसा पनि त चाहियो भन्ने सोचका अभिभावक र स्वयम् विद्यार्थी पनि छन् । त्यसले गर्दा कक्षा १० पछि ड्रप आउट हुने र केही विद्यार्थी काठमाडौ, भक्तपुर पढ्न जाने गरेका छन्, नगरपालिकाले नै तिनीहरुलाई निःशुल्क पढाए पछि अहिले कक्षा ११ र १२ पढ्नेको संख्या बढेको छ ।’

कोरोना संक्रमण पछि परेको आर्थिक संकटले सो क्षेत्रका स्थानीयको आर्थिक गतिविधिमा परेको असर शिक्षामा पनि परेपछि बीचैमा पढाइ छाड्नेको संख्या बढेपछि त्यसलाई न्यूनीकरण गर्न नगरका विद्यार्थीको पढाइको जिम्मा नगरपालिकाले लिएको नगर प्रमुख बस्नेतले बताए ।

Source:Edukhabar

News Hamroschool