संयुक्त राष्ट्र संघमा समेत दर्ता भएको नेपालको लिपि “रञ्जना लिपि“लाई सहज रुप लेख्न र सिक्नको लागि नेपाल लिपि गुथीले एनिमेट भिडीओ युट्युबमा समेत राखेको छ ।
उक्त प्रचलित लिपिको सिकाई भिडीओमा डिजाइनर तथा एनिमेटर आनन्दकुमार महर्जनको डिजाईन र एनिमेसन रहेको छ । भिडीओमा नेपाल भाषाका प्रख्यात कलाकार पवित्रा काशाको स्वर रहेको छ।
करिब आधा घण्टाको सिकाई भिडीओमा स्वरवर्ण र व्यंजन वर्णहरु लेख्न र बोल्न सिकाईएको छ ।
रञ्जना लिपिलाई कुतिला वा लान्त्सा पनि भनिन्छ, ब्राह्मी लिपिबाट लिइएको धेरै अक्षरहरू मध्ये एक हो। यो ११ औं शताब्दीको अवधिमा विकसित भयो र २०औं शताब्दीको मध्यसम्म भारत र नेपालमा नेवार समुदायले नेवार भाषा लेख्न प्रयोग गरेका हुन् ।
रञ्जना लिपिको सहज लेखाई र बुझाईको लागि नेपाल लिपि गुथीको समन्वयमा एन्ड्रयु र आईओएसको मोबाइलका लागि मोवाईल एप पनि ल्याईसकेको छ। जसका लागि एप स्टोर र प्ले स्टोरमा गएर आफ्नो मोबाइलमा राख्न सकिन्छ।